नापजाँच गरेर छुट भएको जग्गा दर्ता खुला – Nepal Press

नापजाँच गरेर छुट भएको जग्गा दर्ता खुला

काठमाडौ । सरकारले जग्गाको नापजाँच भएको तर दर्ता नभएको छुट जग्गा दर्ता खुला गरेको छ । दुई-तीन पुस्तादेखि भोगचलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न खुला गरेको सूचना भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।

छुट जग्गा दर्ताको लागि निवेदन दिन २ वर्षको समय दिइएको छ ।

‘नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४ (क) को उपनियम (१) को प्रयोजनको लागि जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यसअघि नै निवेदन परी फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ ।

झण्डै ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो । दर्ता रोकिदा यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए । उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न पाएका थिएनन् ।


प्रतिक्रिया

One thought on “नापजाँच गरेर छुट भएको जग्गा दर्ता खुला

  1. देसै भरी का जति पनि सुकुम्बासी समस्या हरु छन् , यहाँ उल्लेख भए अनुसार सबै समस्या छिटो छरितो र सरल ढंगले समाधान गराउनु पर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर