कांग्रेस अभियानमा आसन ग्रहण र भाषण गर्ने नपाइने, केन्द्रीय प्रतिनिधिलाई पनि जनतासँगै श्रम अनिवार्य – Nepal Press

कांग्रेस अभियानमा आसन ग्रहण र भाषण गर्ने नपाइने, केन्द्रीय प्रतिनिधिलाई पनि जनतासँगै श्रम अनिवार्य

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस भोलिदेखि समुदायमा कांग्रेस अभियान लिएर जनतातर्फ फर्किदैँछ। ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ भन्ने नारासहित कांग्रेसले पहिलो चरणमा भोलिदेखि २६ गतेसम्म समुदायमा कांग्रेस अभियान चलाउन लागेको हो।

अभियानका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि जिल्ला तहमा खटाइसकेको छ। अभियानको क्रममा समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

जनताबाट आएका सुझावलाई वडा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको बताए।

केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सवै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिने उनले बताए। उनले भने, ‘केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनु हुनेछ । यो अभियान मूलतः वडा केन्द्रित रहनेछ । जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू रहने छैनन् ।’

माघ १६ गते शहिद दिवसको दिन विशेष कार्यक्रमसहित ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने बताए। सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यदेखि स्थानीय तहसम्मका नेताहरु वडामा अनिवार्य पुग्न निर्देशन गरेको छ। उनका अनुसार केन्द्रदेखि वडातहमा खटिएका सबै प्रतिनिधिले कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्नेछ।

समुदायमा कांग्रेस अभियानलाई सफल र प्रभावकारी बनाउन तथा माघ १६ गते सबै आफु क्रियाशील रहेको वडामा पुगि अभियानमा सहभागी हुन पार्टीको विभिन्न तहमा जिम्मेवारी सबैलाई आह्वान गरेको छ। पहिलो चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ।

यी हुन् केन्द्रबाट खटिएका प्रतिनिधि :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर