७५औँ गणतन्त्र दिवसका दिन भारतीय दूतावासमा विशेष कार्यक्रम
नेपाल प्रेस
२०८० माघ १२ गते १३:३३
काठमाडौं । भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावास काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे । उनले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् ।
त्यस्तै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू-२०२४ पत्रिकाको लोकार्पण गरे ।
सो अवसरमा दूतावासले ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक उपहारस्वरूप वितरण गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर