सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर नेपाली र उनकी श्रीमतीविरुद्ध रेड कर्नर नोटिस जारी – Nepal Press

सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर नेपाली र उनकी श्रीमतीविरुद्ध रेड कर्नर नोटिस जारी

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था लिमटिेडको रकम अपचलन गरी फरार भएका बागलुङको ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका देवकुमार नेपाली र उनको श्रीमतीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

गत जेठ ५ गतेबाट फरार भएका सहकारीका संस्थापक अध्यक्ष नेपाली र उनको श्रीमतील्ेले इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा रेड कर्नर नोटिस जारी भएको हो ।

नगर प्रमुख नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरस्ी नायब महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकालले नेपाल प्रेसलाई जानकारी दिए । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।

बागलुङमा मुख्य कार्यालय राखेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले एक अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता छ । नगर प्रमुख नेपाली श्रीमतीसहित फरार रहेका छन् ।

बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्तामध्ये बुर्तिबाङ मा सात, बागलुङमा दुई, पोखरामा तीन र काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर नगर प्रमुख नेपाली र उनको श्रीमतीको नाममा रहेको उनले खुलाएका थिए ।

गत मंसिरमा नगर प्रमुख नेपालीले फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको सार्वजनिक गरेका थिए । फेसबुकमार्फत फरार रहेका नगर प्रमुख नेपालीले आफू र श्रीमतीको नाममा भएको तीन अर्बभन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

इमेज सहकारीकै कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्इुरो (सीआईबी)ले बिहीबार ललितपुरबाट पक्राउ गरिसकेको छ ।

सीआईबीको टोलीले सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३, स्थित धोबिघाटबाट पक्राउ पक्राउ गरेको हो। बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो।

सरिता तिमल्सेनासमेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते पक्राउ गर्नका लागि अनुमति दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर