समाज डेन्टल हस्पिटलको शाखा अब कौशलटार भक्तपुरमा
काठमाडौं । समाज डेन्टल हस्पिटलको ९ औँ शाखा कौशलटार भक्तपुरमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औँ शाखाले आजदेखि कौशलटार भक्तपुरमा आफ्नो सेवा सुरु गरेको हो ।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औँ वार्षिक उत्सवको अवसरमा कौशलटार भक्तपुरमा पनि सेवा दिने हेतुले शाखा बिस्तार गरेको हो ।
शनिवार एक विशेष कार्यक्रम गरी मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण हरि आचार्यले सेवाको उद्घाटन गरे । अध्यक्ष आचार्य आफ्नो क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिष्ठित डेन्टल आउँदा खुशी व्यक्त गरे ।
उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०५ छुट र बाँकी माघ महिना भरि १५५ छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।
प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धी जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामान्य शुल्कमा आधुनिक उपकरणहरू प्रयोग गरी एउटा छानामुनि विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उद्देश्य सहित ऐतिहासिक धार्मिक, सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।
कौशलटार भक्तपुरमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।
समाज डेण्टल हस्पिटलले विगत २४ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसीटी पेप्सिकोला, वसुन्धरा, बौद्ध जोरपाटी, सितापाइला र बनेपा काभ्रेमा सञ्चालित छ ।