बचतकर्ताको झण्डै ५ करोड फिर्ता नगर्ने हाम्रो नयाँ कृषि सहकारी समस्याग्रस्त घोषित – Nepal Press

बचतकर्ताको झण्डै ५ करोड फिर्ता नगर्ने हाम्रो नयाँ कृषि सहकारी समस्याग्रस्त घोषित

काठमाडौं । बचत कर्ताको निक्षेप फिर्ता नगर्ने हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारी घोषण भएको छ । सो सहकारीले बतचकर्ताको ४ करोड ९२ लाख बचत रकम फिर्ता गरेको छैन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ताका लागि ३६ जना बचतकर्ताले सहकारी विभागमा निवेदन दिएकोमा अध्यक्षसहित ६ जना उपस्थित भएर रकम फिर्ता गर्ने सहमतिसहित सहीछाप गरेका थिए ।

तर, प्रतिवद्धताअनुसार रकम नफर्काएपछि विभागबाट पुनः १५ दिने स्पष्टीकरण सोधिएकोमा त्यसको जवाफ नआएपछि समस्याग्रस्त सहकारी घोषण गरिएको बताइएको छ ।

‘विभागबाट स्थलगत अनुगमन/निरीक्षणमा जाँदा संस्था बन्द रहेको थियो । भने, निरीक्षण तथा हिसाव जाँच गर्न समेत सकिएको थिएन । सहकारी ऐन, २०७४ र नियमावली, २०७५ को विपरित कार्य गरेको, संस्थाका सञ्चालक एवं कर्मचारीहरु सहकारी विभागको सम्पर्कमा नरहेको, वार्षिक लेखापरीक्षण लगायतका नियमित रुपमा विभागमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेको, बचतकर्ताको बचत समेत जोखिममा परेकोले आर्थिक रुपले संस्था समस्यामा रहेको छ,’ समितिको पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर