अस्ट्रेलियाको चेन होटल तथा रेस्टुरेन्ट ‘द मुग्लान’ भक्तपुरमा – Nepal Press

अस्ट्रेलियाको चेन होटल तथा रेस्टुरेन्ट ‘द मुग्लान’ भक्तपुरमा

भक्तपुर । अस्ट्रेलियाको चेन होटल द मुग्लान भक्तपुरमा पनि सञ्चालनमा आएको छ । सन् २००० मा अस्ट्रेलियामा सुरु भएको द मुग्लान होटल तथा रेस्टुरेन्टको चेन भक्तपुरमा तीन युवाले भित्र्याएका हुन् ।

राजमान थकाली नेतृत्वकाे नीलगिरि हाेल्डिङ्स र शरद श्रेष्ठसँगै भक्तपुरका विजय लामा र जुनिता श्रेष्ठले करिब सवा दुई करोड लगानीमा भक्तपुरमा द मुग्लान होटल तथा थकाली रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

भक्तपुरको सदरमुकाम जिल्ला प्रशासन कार्यालयसँगै सञ्चालनमा ल्याइएको द मुग्लानको फेब्रुअरी १ मा ग्रायण्ड ओपनिङ गर्ने तयारी गरिएको हाेटलका सञ्चालक एवं प्रवन्ध निर्देशक लामाले जानकारी दिए ।

उनका अनुसार होटलमा शुक्रबार र शनिबार पारिवारिक वातावरणमा सांगीतिक कार्यक्रमसमेत हुँदै आएको छ ।

नौ वटा ट्विन तथा किङ साइजका कोठा रहेको होटल तथा रेस्टुरेन्टले एकै समय २५० जनालाई सेवा दिने क्षमता राख्छ । ब्रेड एण्ड ब्रेक फास्टमा प्रतिकपल २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँ शुल्क राखिएको लामाले बताए ।

‘रेस्टुरेन्टमा एकै पटक २५० जनालाई सेवा दिन सक्छौं’, अर्का सञ्चालक श्रेष्ठ भन्छिन्, ‘हाम्रो रेस्टुरेन्टको मुख्य विशेषता थकाली खाना हो ।’

उनले अस्ट्रेलियामा नाम कमाइसकेको द मुग्लान पोखरापछि भक्तपुरमा भित्र्याउन आफूहरु सफल भएको बताइन् ।

उनका अनुसार पोखरामा सन् २०१७ मा द मुग्लानको चेन होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएको थियो ।

होटलमा मनाङ र मुस्ताङको याक तथा च्याङ्ग्राको सुकुटी र घिन्टी पाइने प्रवन्ध निर्देशक विजय लामा बताउँछन् । उनका अनुसार थकाली खानामा विशेष सेवा दिने उद्देश्यले मुस्ताङ तथा मनाङबाटै दाल तथा गेडागुडी, जिम्मु, आलुलगायत ल्याउने गरिएको छ ।

‘हामी थकाली खानामा अब्बल छौं । सोहीअनुसार थकाली खानाको परिकार बनाउन मनाङ र मुस्ताङबाट दाल, गेडागुडी तथा जिम्मुलगायत ल्याउँछौं’, उनले भने, ‘मट्का बिर्यानी पनि हाम्रो विशेष हो । याक तथा च्याङ्ग्राको सुकुटी र घिन्टी पनि पाइन्छ ।’

द मुग्लानमा महादेशीयतर्फ इटालियन, थाइ, समुद्री खानासमेत पाइने सञ्चालक लामाले जानकारी दिए ।

मुग्लान विशेषमा थकाली खाना, फापरको ढिंडो, खाजा सेटसँगै भेगन स्पेसियल, स्टार्टार, प्लेटर पनि रहेको उनको भनाइ छ ।

‘मेन कोर्समा ग्रिलेड चिकेन, ग्रिलेड फिस, ग्रिलेड साल्मोन, चिकेन र फिस सिजलर तथा स्टिमेड बाशा फिलेट मुख्य छन्’, प्रवन्ध निर्देशक लामाले भने, ‘स्पागेटी, बर्गर, मःमः र चाउमिन नै पाइने नै भए ।’

सञ्चालनमा आएको केही समयमै द मुग्लानले भक्तपुरेहरुको मन जितेको सञ्चालक श्रेष्ठ बताउँछिन् । भक्तपुर नगरभित्र थकाली खाना तथा खाजाका परिकार पाइने अन्य उपयुक्त होटल तथा रेस्टुरेन्ट नभएकाले द मुग्लान आकर्षणको केन्द्र बनेको उनको दाबी छ ।

‘पारिवारिक वातावरणसँगै सांगीतिक माहाेलमा थकाली खाना र महादेशीय खाना तथा खाजा खुवाउने उद्देश्यले अस्ट्रेलियाकाे चेन हाेटल ‘द मुग्लान’ सञ्चालनमा ल्याएका हाैं’, सञ्चालक श्रेष्ठ भनिन् ।

होटलमा गोष्ठी, तालिम तथा सेमिनार गर्न करिब ५० जना क्षमताको हलसमेत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर