मोन्लम पूजाले लुम्बिनी गुन्जायमान (भिडिओ) – Nepal Press

मोन्लम पूजाले लुम्बिनी गुन्जायमान (भिडिओ)

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवम् मोन्लम पूजा आइतबार सकिएको छ ।

मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोच्चारणसहितको महागुरु भूम्छोक एवम् प्राणीधान मोन्लम पूजा गरिएको हो ।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्रार्थना र कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

उनले आफू उपाध्यक्षको रूपमा आएपछि धार्मिक गतिविधिलाई बढवा दिन यस पटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितिमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए ।

एक लाख मन्त्रोच्चारण गरी विश्व शान्तिको कामना गर्दै प्रार्थना गरियो, प्रख्यात रिपोन्छे, चिनियाँ बलिउड स्टार जेट्ली समेत बस्नुभयो’ उपाध्यक्ष लामाले भने । उनका अनुसार अर्को वर्ष यस्ता पूजा बढाउने योजना रहेको बताए ।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा शुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले बिहीबारदेखि भूम्छोकमा सहभागी थिए ।

यसका साथै रिपोछेहरु सहित विभिन्न गुम्बाहरूका लामा, आनी एकै ठाउँमा भेला भई लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो ।

मोल्नम पूजामा चिनियाँ चर्चित चलचित्रकर्मीसमेत रहेका हलिउड स्टार जेट्ली सहभागी भए । भगवान बुद्धका उपदेशहरू पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको हो ।

पूजा अवधिभर प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सरकारका सचिव, साइकल यात्री र विभिन्न स्वदेशी र विदेशी तीर्थयात्रीहरू सहभागी भएका थिए ।

लुम्बिनी विकास कोषले मोन्लमजस्ता पूजाहरूलाई नीतिगत रूपमा प्रोत्साहन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *