लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

२०८० माघ १५ गते १२:०५

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्री वितरणमा विभागले रोक लगाएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्री-वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ ।
प्रतिक्रिया