मालदिभ्सको संसद् भवनभित्र सांसदहरूबीच हात हालाहाल, यस्तो छ भाइरल भिडिओको अन्तर्य – Nepal Press

मालदिभ्सको संसद् भवनभित्र सांसदहरूबीच हात हालाहाल, यस्तो छ भाइरल भिडिओको अन्तर्य

काठमाडौं । मालदिभ्सको सांसद भवन भित्रको एक भिडिओले हाल विश्व समुदायको ध्यानाकर्षण गरिरहेको छ ।

सार्वजनिक भएको भिडिओमा दुई व्यक्तिहरू एक आपसमा भिडिरहेको देखिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू मालदिभ्सका सांसद हुन् भने उनीहरू एक अर्का माथि जाइलागेको स्थान मालदिभ्सको संसद् भवन हो ।

के हो विवाद ?

मालदिभ्समा हाल प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) र पिपल्स नेशनल कांग्रेस (पीएनसी) को गठबन्धन सरकार छ । गत २८ जनावरीमा २२ सदस्यीय मोईज्जो मन्त्रीमण्डलको चयन गर्ने कार्यक्रम तय थियो ।

यद्यपि मन्त्रीमण्डलको गठन हुनु अगावै नै विपक्षी दल माल्देभियन डेमोक्याटीक पार्टीले चार जना सदस्यलाई मन्त्रीमण्डलमा समावेश नगराउन चेतावनी दिएको थियो । सोही अनुरूप मन्त्रीमण्डल चयन गर्ने दिनमा विपक्षी दलले चार उम्मेदवारको विरोध गर्न सुरु गर्‍यो ।

विवाद बढ्दै गए पछि सत्ताधारी गठबन्धनले विपक्षी दलका सांसदहरूलाई संसदमा आउनबाट रोक लगाउने प्रयास गरे । सोही विवाद बढ्दै गएपछि सांसदहरू एक अर्कामा जाइलागेको बताइएको छ । रिपोर्टका अनुसार संसद्को गेटबाट सुरु भएको धक्कामुक्की सभामुखको कुर्सीसम्म फैलियो ।

सत्ताधारी गठबन्धनले विपक्षी दलका सांसदहरूलाई रोक लगाउन खोज्नुको पछाडिको कारणलाई बुझ्नका निमित्त त्यहाँ शासकीय स्वरूपलाई बुझ्नु आवश्यक हुन्छ । मालदिभ्सको सांसदलाई पिपल्स मज्लिस भन्ने गरिन्छ ।

मालदिभ्समा सांसद र राष्ट्रपतिको चुनाव फरक ( फरक हुने गर्छ । गत साल अर्थात् सन् २०२३ मा मालदिभ्समा राष्ट्रपतिको चुनाव भएको थियो भने ५४ प्रतिशत मत ल्याएर मोहोम्मद मोईज्जो राष्ट्रपति चयन भएका थिए । यता पिपल्स मज्लिसको चुनाव भने सन् २०१९ भएको थियो ।

अब मालदिभ्समा पिपल्स मजिल्सको चुनाव आगामी वर्ष मात्र हुनेछ र चुनाव नहुने बेलासम्म मालदिभ्समा विपक्षी दलको बहुमत कायम रहने छ । सत्तापक्ष नै अल्पमतमा रहे पश्चात विपक्षीले मोईज्जोका जुन सुकै निर्णयलाई उलटफेर गर्ने सामर्थ्य राख्दछ ।

मन्त्रिमण्डल चयनको सन्दर्भमा पनि यही कारण विवाद उत्पन्न भएको बुझ्न सकिन्छ । विवाद बारे थप विवरण सार्वजनिक भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर