इजरायलले गाजामा गरेको ‘नरसंहार’विरुद्धको अन्तर्राष्ट्रिय अदालतमा माल्दिभ्सको साथ – Nepal Press

इजरायलले गाजामा गरेको ‘नरसंहार’विरुद्धको अन्तर्राष्ट्रिय अदालतमा माल्दिभ्सको साथ

काठमाडौं । हमासको सांघातिक हमलापछि इजरायलले गरेको गाजा युद्धका क्रममा भएको बालबालिका, महिला जस्ता आममान्छेको ‘नरसंहार’विरुद्ध भन्दै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा माल्दिभ्सले साथ दिने भएको छ ।

माल्दिभ्सको मिडिया आउटलेट अटोल टाइम्सका अनुसार आइतबार माल्दिभ्सको राष्ट्रपति कार्यालयले एक सूचना जारी गरेर मुद्दामा साथ दिने उल्लेख गरेको छ ।

समाचारअनुसार माल्दिभ्सका महान्यायाधिवक्तालाई देशका न्यायिक प्रतिनिधिको रुपमा पठाउने भएको छ । शुक्रबार हेगको अन्तर्राष्ट्रिय न्यायालयले इजरायलले मानवीय सहायतालाई साथ दिन सहयोग गर्नदेखि नरसंहार हुने कर्म नगर्न आदेश दिएको थियो ।

अन्तर्राष्ट्रिय अदालतले दिएको फैसला इजरायलले भने अस्वीकार गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर