बेलायतमा नेपालीलाई ठग्ने नेम्वाङ बुबाको काजकिरिया गर्न आउँदा पाँचथरबाट पक्राउ – Nepal Press

बेलायतमा नेपालीलाई ठग्ने नेम्वाङ बुबाको काजकिरिया गर्न आउँदा पाँचथरबाट पक्राउ

काठमाडौं । बेलायतमा नेपालीलाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सुर्यकुमार नेम्वाङ पाँचथरबाट पक्राउ परेका छन् । उनी नेपाल आएको सूचना पाएपछि काठमाडौं प्रहरीले पाँचथर प्रहरीको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको काठमाडौ प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए । स्रोतका अनुसार बुबाको निधनपछि काजकिरिया गर्न उनी केही समय नेपाल आएर पाँचथरस्थित घर पुगेका थिए । उनले काजकिरिया गरिसकेपछि प्रहरीलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

नेम्वाङले आफुलाई इमिग्रेसन एडभाइजर परिचय दिँदै भूतपूर्व गोर्खा सैनिकसँग करडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । केही समयअघि नेम्वाङविरुद्ध पिडितले काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । गत पुस २४ गते नेम्वाङविरुद्ध पाँचथरकै एक ३२ वर्षीया महिलाले नेम्वाङविरुद्ध जाहेरी दिएकी थिइन् ।

भूतपूर्व गोर्खा सैनिकका परिवारलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजिकण गरिदिने भन्दै नेम्वाङ एक भुतपुर्व सैनिकको परिवारसँग नजिक भएका थिए ।

त्यसक्रममा पूर्व सैनिकको मृत्यु भइसकेको अवस्थामा उनकी श्रीमतीलाई बेलायत पुर्याएको र उनको खातामा बेलायत सरकारले जम्मा गरिदिने रकम नेम्वाङले आफ्नो नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ । जाहेरवालासमेत दुई जना सन्तानलाई बेलायतसमेत नलगेको आरोप पनि उनिविरुद्ध छ ।

मासिक ५ लाख रुपैयाँका दरले ४ वर्षदेखि जाहेरवालाको आमालाई प्राप्त हुने रकम नेम्वाङले खर्च गरेको र माग्दा तिमीहरुलाई बेलायत ल्याउन खर्च लाग्छ भन्दै टार्ने गरेको जाहेरवालाको दाबी छ । त्यस्तो रकम २४ हजार पाउन्ड ठगेको नेम्वाङविरुद्ध आरोप छ । यस्तै जाहेरवालासमेत दुई दिदी बहिनीसँग बेलायतमा आवाशीय भिषा र वर्क पर्मिटसमेत मिलाई दिने भन्दै नेम्वाङले करिब ५ लाख रुपैयाँ लिएको दाबी गरिएको छ ।

तर पछिल्लो समय आफुहरुलाई बेलायतमा लैजान नसक्ने भन्दै धम्की दिएर पैसा पनि फिर्ता नगर्ने बताएपछि नेम्वाङविरुद्ध प्रहरीमा आउनु परेको जाहेरवालाको भनाई छ । नेम्वाङले बेलायतमा थुप्रै नेपालीलाई ठगेको हुने सक्ने प्रहरी अधिकारी बताउँछन् । ‘जुन कामका लागि उनले पैसा लिएका हुन् त्यस्तो काम गर्ने कानुनी हैसियत पनि उनीसँग नभएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर