पोखरामा निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु
नेपाल प्रेस
२०८० माघ १६ गते १६:२१
पोखरा । पोखरामा घरको लिफ्टबाट खसेर एक इन्जिनियर मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-६ खहरेस्थित चिनीमाया भण्डारीको निर्माणाधीन घरको पाँचौ तलाको लिफ्टबाट खसेर ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
निर्माणधिन घरको तातो पानीको सर्वे गर्ने क्रममा खसेर भट्टराईको मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
गम्भीर घाइते भएका भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मुक्ति ईनर्जी प्रालिमा कार्यरत थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर