तीन जिल्लाका सीडीओ हेरफेर, नुवाकोटमा अधिकारी र सिराहामा दाहाल – Nepal Press

तीन जिल्लाका सीडीओ हेरफेर, नुवाकोटमा अधिकारी र सिराहामा दाहाल

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेका हुन् ।

जसमा सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गृह मन्त्रालय तानिएका छन् भने मन्त्रालयमा कार्यरत बासुदेव दाहाललाई सिराहाको प्रमुख जिल्ला जिल्ला अधिकारीमा जिम्मेवारी दिइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको मन्त्रालय तानिएका छन् भने लमजुङबाट केही दिन अघि मन्त्रालय तानिएका सहसचिव रामकृष्ण अधिकारीलाईलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *