पाकिस्तानमा र्‍यालीका क्रममा विस्फोट हुँदा ५ जनाको मृत्यु – Nepal Press

पाकिस्तानमा र्‍यालीका क्रममा विस्फोट हुँदा ५ जनाको मृत्यु

काठमाडौं । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको स्रोतले बताएको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्षित गरी हमला गरिएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर