भारतसँगको एयर एम्बुलेन्स सेवा रद्द गरेको मालदिभ्सले श्रीलंकासँग गर्‍यो सम्झौता – Nepal Press

भारतसँगको एयर एम्बुलेन्स सेवा रद्द गरेको मालदिभ्सले श्रीलंकासँग गर्‍यो सम्झौता

काठमाडौं । भारतसँग एयर एम्बुलेन्स सम्झौता अन्त्य गरेको दक्षिण एसियाली टापु मुलुक मालदिभ्सले सोही प्रकृतिको सम्झौता श्रीलंकासँग गरेको छ ।

श्रीलङ्का भ्रमणमा रहेका मालदिभ्सका महोमद अमिनले श्रीलंकाका बन्दरगाह, पारवहन तथा नागरिक उड्ड्यनमन्त्री निमल सिरिपला दा सिल्भासँग भेट गर्दै मङ्गलवार उक्त सम्झौता गरेका छन् ।

सम्झौता अनुसार मालदिभ्सबाट उद्धार गरिएका बिरामीहरूलाई श्रीलङ्का लगेर उपचार गरिने भएको छ । त्यसको लागि श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा एक युनिट राखिने भएको छ ।

मालदिभ्सको मिडिया आउटलेट अटोल टाइम्सका अनुसार अगाडि एक महिना पछि अर्थात् मार्चबाट उक्त सम्झौता कार्यान्वयनमा आउनेछ ।

मालदिभ्सको राष्ट्रपति कार्यालयका मन्त्री अब्दुल्लाह नजिमले मार्च १ बाट माल्दिभ्सबाट एयर एम्बुलेन्स सेवा सुरु हुने बताइएको छ । मन्त्री नजिमले दुई एयर एम्बुलेन्सहरू मालदिभ्सका झन्डासहित तयार गरेर राखिएको बताएका छन् ।

हालसम्म मालदिभ्समा भारतले उपहारमा दिएका हवाई एम्बुलेन्सहरू सञ्चालनमा छन् । तीनको सञ्चालन गर्न भारतीय सैनिकहरू मालदिभ्समा रहेका छन् ।

मालदिभ्सका नयाँ राष्ट्रपति महोमद मैजू गत नोभेम्बरबाट सत्तामा आएपछि उनले भारतीय सैनिक हटाउने प्रतिबद्धता देखाएका छन् । उनको प्रशासनले यही मार्च १५ भित्र भारतीय सैनिकहरूलाई फिर्ता लैजान मिति तोकेको छ । यसबारेमा भारतले भने निर्धारित मितिमै सैनिक फिर्ता गर्ने कि नगर्ने भन्ने कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *