बचतकर्ताको करिब २६ करोड ठगेको भन्दै कालभैरव सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा – Nepal Press

बचतकर्ताको करिब २६ करोड ठगेको भन्दै कालभैरव सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा अदालतमा अभियोग पत्र दायर भएको छ ।

सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ ।

एक सय ११ जना बचतकर्ताले सहकारीले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका थिए ।

सहकारीका अध्यक्ष ५१ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष ७२ वर्षीय सेरलाल श्रेष्ठसहितलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर