अध्यागमन अधिकृत खड्काको बयान- भिजिट भिसामा पठाएबापत बाँडेर पैसा लिन्थ्यौं – Nepal Press

अध्यागमन अधिकृत खड्काको बयान- भिजिट भिसामा पठाएबापत बाँडेर पैसा लिन्थ्यौं

काठमाडौं । सेटिङमार्फत भिजिट भिसामा जानेलाई सहजीकरण गर्न त्रिवि अध्यागमन कार्यालयमा कर्मचारीको छुट्टै टीम (समिति) रहेको पाइएको प्रहरीले बताएको छ । सो कार्यमा संलग्न आरोपमा पक्राउ परेका र फरारहरूविरुद्ध मुद्दा दायरको तयारी भइरहेको छ ।

अध्यागमन अधिकृत नरवीर खड्काले बयानको क्रममा भिजिट भिसामा पठाएबापत प्राप्त हुने रकम त्यो टीममा रहेकाले बाँडेर लिने गरेको कागज गरेका छन् ।

उनले त्यो टीममा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल, सुजन फागोलगायत रहेको बताएका छन् ।

खड्काका अनुसार सेटिङमा जाने मान्छे खोज्ने जिम्मा एन्ड होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादवलगायतले लिएको र उनीहरूले नै पैसा उठाएर बुझाउने गरेका थिए । पुरुषको १० देखि १५ हजार र महिलाको ४० देखि ५० हजार रूपैयाँसम्म लिने गरेको पनि उनले बताएका छन् ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ७ जना अध्यागमन अधिकृतसहित २२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्दैछ । प्रतिवादी बनाइएका सबै अधिकृत फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर