राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट
नेपाल प्रेस
२०८० माघ १७ गते १५:५३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा. मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रिपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।
उनले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौंस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसी समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर