हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित – Nepal Press

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित भएका छन् ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालय, कर्मचारी संघ इकास समितिको अगुवाईमा आजबाट सातदिनसम्म हातमा कालोपट्टी बाँधेर कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

कर्मचारीहरुले कार्यलयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले कार्यलयका कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गर्दै आएको भन्दै आन्दोलनमा जानु परेको कर्मचारी संघ इकाई समितिका अध्यक्ष तेजराज थिङले बताए ।

आन्दोलनकारी कर्मचारीहरुले कार्यलय प्रमुख विनाडीको सरुवा हुनुपर्ने माग पनि गरेका छन् ।

कार्यलयका अन्य कर्मचारीलाई हुकुमी शासन देखाउने, अनुचित व्यवहार गर्ने कार्यलय प्रमुखको कारण कार्यलयको दैनिक कार्य सञ्चालनमा समस्या आईपरेको संघका अध्यक्ष थिङको भनाई रहेको छ । ७ दिन भित्र कार्यालय प्रमुलाई नहटाईए आफुहरु दोश्रो चरणको आन्दोलनमा जानुपर्ने अवस्थाको सृजना हुने उनिहरुको भनाई रहेको छ ।

विनाडी भन्छन्- उल्टै उहाँहरुले मलाई दुर्व्यवहार गर्नुभएको छ

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयका प्रमुख विनाडी भने कर्मचारीहरुको आरोप सतप्रतिशत झुट रहेको बताउँछन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफुलाई अनावश्यक टर्चर दिने र दुब्र्यवाहर गर्ने काम आन्दोलरत केहि कर्मचारीहरुले गरेको बताउँदै उनले केहि कर्मचारीको कारण काम गर्न असहज बन्दै गएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर