कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त – Nepal Press

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा आज बिहान बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जना मध्ये पोखरेललाई नियुक्त गरेको हो ।

यसअघि उनी निमित्त प्रबन्ध सञ्चालक थिए ।

कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो ।

समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर