१ खर्ब ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
नेपाल प्रेस
२०८० माघ १८ गते ११:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघको १८ दिनमा १ खर्ब ७० अर्ब रुपैयाँ तरलता खिच्दै छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत उक्त रकम खिचेको हो ।
आज (माघ १८) मात्र २० अर्ब निक्षेप बोलकबोल मार्फत उठाउन लागेको केन्द्रीय बैंकले यस अघि ६ पटक निक्षेप बोलकबोल गरिसकेको छ ।
माघ ३ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ १० मा २० अर्ब रुपैयाँ, १६ गते २० अर्ब र १७ गते ३० अर्ब रुपैयाँ निक्षेप बोलकबोल मार्फत उठाएको छ ।
पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएपछि दैनिक जसो केन्द्रीय बैंकले तरलता खिचिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर