काठमाडौं महानगरभित्रका पेट्रोल पम्पको मापदण्डमा कडाइ – Nepal Press

काठमाडौं महानगरभित्रका पेट्रोल पम्पको मापदण्डमा कडाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र सञ्चालनमा रहेको पेट्रोल पम्पहरूको पहिचान तथा एकरुपताको लागि पहेलो रङ्ग लगाइने भएको छ ।

बिहीबार महानगर क्षेत्रभित्र संचालनमा रहेको पेट्रोल पम्पहरुको संचालन र व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको समन्वयमा सरोकारवाला संघसंस्था तथा निकायहरुको प्रतिनिधिहरुबीच बसेका बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पेट्रोल पम्पहरुमा एकै प्रकारको रङ्ग लगाउने, पम्पमा सेवाग्राहीलाई निशुल्क शौलाचय उपलब्ध गराउने र पीपीई लगाउने विषयमा सरोकारवाला निकायसँग छलफल भएको थियो ।

बैठकले पेट्रोल पम्पहरूको पहिचान तथा एक रुपताको लागी पहेलो रङ्ग लगाउने निर्णय गरेको हो । साथै अब पेट्रोल पम्पहरुले सेवाग्राहीलाई निशुल्क शौचालय उपलब्ध गराउने भएको छ भने जानकारी मुलक बोर्ड झुण्डाउने निर्णय गरेको छ ।

साथै पम्पमा कार्यरत नोजलमेनले पिपिई खैरो रङ्ग को व्यक्तिगत सुरक्षा सामाग्री लगाउने, पम्प परिसरमा हरियाली गर्ने बनाउने भएको छ ।

यस्तै पम्पमा कार्यरत कर्मचारीहरुलाई महानगरले आधारभूत अग्नि नियन्त्रण तालिम दिने र चारवटा पम्पमा पहेलो रङ्ग र पिपिई नमुनाको रुपमा पे प.डि.एसोसियसनले व्यवस्था गर्ने भएको छ । बैठकमा नगरप्रहरी उपरिक्षक, आयल निगमका प्रतिनिधि, ट्राफिक प्रहरीका प्रतिनिधीहरु सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर