लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा – Nepal Press

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते सार्वजनिक बिदा हुने भएको हो ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी स्थापना दिवस मनाउने लुम्बिनी सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउन थालिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *