बक्यौता बुझाएपछि खुल्ने भयो रूपन्देहीको टाइगर प्यालेस – Nepal Press

बक्यौता बुझाएपछि खुल्ने भयो रूपन्देहीको टाइगर प्यालेस

रूपन्देही । सरकारलाई पुरानो बक्यौता रकम बुझाएपछि लामो समय बन्द रहेको रूपन्देहीस्थित टाइगर प्यालेस हाेटल सञ्चालनमा आउने भएको छ । टाइगर प्यालेसले सरकारलाई राजस्वबापतको ५४ करोड रुपैयाँ बुझाएको हो ।

टाइगर्स प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले बुधबार बक्यौता रकम भुक्तानी गरिएको बताए ।

कोटिहवास्थित टाइगर प्यालेस सञ्चालनमा आएसँगै पर्यटनमा नयाँ आयाम ल्याउने उनको विश्वास छ । उनले हाेटल सञ्चालनमा आएपछि ५०० मजदुरले रोजगारी पाउने दाबी गरे ।

‘यसले मुलुककै पर्यटनमा नयाँ आयाम ल्याउने विश्वास छ । अब सबै समस्या समाधान गरेर प्यालेस लयमा फर्किएको छ । हामी उत्साहित छौं’, सुवेदीले भने ।

हाेटलमा क्यासिनोसमेत सञ्चालनमा आउने अध्यक्ष सुवेदीले जानकारी दिए । होटल चलेपछि क्यासिनो पनि सञ्चालनमा ल्याइने बताइएकाे छ।

उनका अनुसार होटलका मजदुरहरुको विवाद पनि समाधान भएको छ । मजदुरलाई पुनः रोजगारीमा फिर्ता हुने वा गोल्डेन ह्यान्ड चेकको विकल्पमा सहमति गराइएको छ । २६४ जना मजदुरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

हाेटल १५ बिघा क्षेत्रफलमा फैलिएको छ । १०२ वटा कोठा रहेको हाेटल लामो समय आन्तरिक विवादमा तानिएपछि अमेरिकामा बसोबास गर्ने सुवेदी नेतृत्वको टीमले ५ अर्ब लगानी गरेर लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर