माल्दिभ्सबाट सेना फिर्ता गर्न भारत तयार, मे १० मा फिर्ता गरिसक्ने
काठमाडौं । भारतले माल्दिभ्समा रहेका आफ्ना सैनिक फिर्ता गर्ने भएको छ । आज दुई देशका अधिकारीले आज भारतीय राजधानी नया दिल्लीमा गरेको सहमती अनुसार भारतका तीन हवाई अड्डामा एकका सैनिक मार्च १० र बाकी मे ३० भित्र फिर्ता गर्ने सहमति भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
गत नोभेम्बरमा रास्ट्रपती चुनाव जितेर आएका रास्ट्रपती महोमद मैजूले भारतीय सेना आउट गर्ने चुनावी मुद्दा लिएर चुनाव जितेका थिए । उनले मार्च १५ मा सेना फिर्ताको म्याद पनि तोकेका थिए ।
माल्दिभ्सको हवाई क्षेत्रमा ७७ जना भारतीय सैनिकहरु भएको भारतीय तथा विश्व मिडियाले उल्लेख गरेका छन । खासगरी माल्दिभ्सको हवाई उद्दार तथा एम्बुलेन्सको सहजिकरणमा भारतीय सहयोग लिएको माल्दिभ्सले सहयोग नचाहिने बताएको छ भने श्रीलङकासग हवाई उद्दार सम्झौता हालसालै सम्पन्न गरेको छ ।