एमाले धादिङ अधिवेशनमा भाँडभैलो, कुटपिट र झडपपछि प्रदेश अध्यक्षले दिए स्थगनको सूचना – Nepal Press

एमाले धादिङ अधिवेशनमा भाँडभैलो, कुटपिट र झडपपछि प्रदेश अध्यक्षले दिए स्थगनको सूचना

काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद र झडपसमेतको अवस्था आएको भन्दै बागमती प्रदेश कमिटीले अधिवेशन स्थगित भएको सूचना जारी गरेको छ ।

प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै जिल्ला कमिटीका निवर्तमान अध्यक्ष भूमि त्रिपाठीमाथि भाँडभैलो मच्चाएको आरोपसहित अर्को सूचना नभएसम्म अधिवेशन स्थगित गरेका हुन् ।

जिल्लामा खेम लोहनी र भूमि त्रिपाठी पक्षबीचको विवाद बढेर कुटपिट समेत भएको थियो ।

लोहनीले डा. रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन चाहेका छन् भने त्रिपाठी आफैँ दोहोरिन खोज्दा विवाद बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर