एमाले धादिङको अधिवेशनमा कुटपिटको अवस्था कसरी आयो ? यस्तो छ कारण – Nepal Press

एमाले धादिङको अधिवेशनमा कुटपिटको अवस्था कसरी आयो ? यस्तो छ कारण

चितवन । नेकपा एमाले धादिङको अधिवेशनको क्रममा हिजो भएको विवाद अध्यक्षमण्डलको अध्यक्षता भएपनि विवादको चुरो भने नयाँ कमिटीमा नेतृत्वको दुई धार रहेको खुलेको छ ।

गएराती आज हुने बन्द सत्रको लागि अध्यक्ष मण्डलको अध्यक्षता कसले गर्ने भन्ने विवाद बढ्दै जाँदा अधिवेशन स्थलमा कुटाकुटको अवस्था समेत आएको थियो । विवाद भने बन्द सत्रको अध्यक्षता पार्टीको केन्द्रीय महासचिव सर्कुलर गरेअनुसार गर्ने कि प्रदेश अध्यक्षको चाहना अनुसार गर्ने भन्नेमा विवादित थियो ।

वर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी नेतृत्वको अधिकांश पक्षले केन्द्रीय सर्कुलर अनुसार जिल्ला इन्चार्ज धर्म देवकोटाको अध्यक्षतामा गर्ने मत राखेको थियो । भने प्रदेश सदस्य रमेश आचार्य, प्रदेश कार्यालय सचिव गंगा श्रेष्ठ लगायतले आफूहरूले भनेअनुसार अध्यक्ष मण्डलको अध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए ।

सोही विवाद चुलिँदै गएपछि कुटाकुटको समेत अवस्था आए पनि राती ढिलागरि बिहान ८ बजे बन्दसत्र सुरु गर्ने सहमति भएको जिल्ला कमिटीकी उपसचिव राधिका सापकोटाले जानकारी दिइन् ।

आगामी कार्यकालको लागि चयन हुने जिल्ला कमिटीमा जिल्ला नेता खेम लोहनी, प्रदेश अध्यक्ष कैलाश ढुंगेलसतिहको समूह डा. रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन चाहन्छन् । तर, भूमि त्रिपाठी पुनः कार्यकाल दोहोर्‍याउने पक्षमा देखिन्छन् ।

जिल्ला कार्यसमिति बाहेक ५ सय ७८ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । जिल्ला इञ्चार्ज धर्मदत्त देवकोटाले  अध्यक्ष मण्डलको अध्यक्षता आफैले गर्न खोजेपछि विवाद सुरु भएको बताइएको छ । उनले प्रदेश इञ्चार्ज गुरु बराल र प्रदेश अध्यक्ष कैलाश ढु‌गेल लगायतका नेताहरुलाई समेत अवज्ञा गर्दै जिल्ला अध्यक्ष भूमि त्रिपाठीको योजना अनुसार एकलौटी गर्न खोजेको आरोप अधिकारी पक्षले लगाएको छ ।

अधिकारी पक्षका एक नेताले भने- पार्टीको अध्यक्ष मण्डलमा विवाद ,मनोनीत र जनसंगठनबाट प्रतिनिधित्व गराउने क्रममा व्यापक हेरा फेरि,कारबाहीमा परेकालाई बागी विद्रोहीलाई प्रतिनिधित्व गराउने र तिनको कुकर्मलाई वैधता दिने दिने काम भयो । हरेकलाई प्रतिनिधिको कार्ड र झोला दिएर राख्ने काम पार्टीको जिल्ला नेतृत्व र पार्टी केन्द्रीय इन्चार्ज धर्मदत्त देवकोटाले गरेपछि त्यो धाँधली अराजकता विरुद्ध आवाज उठ्यो वादविवाद भयो पार्टीको प्रदेश इन्चार्ज ,प्रदेश अध्यक्षले विधानतः गर्न पर्ने काममा उहाँहरूलाई नै अपमानित गर्ने काम इन्चार्ज धर्मदत्त देवकोटाले गरिरहे सहमति गरेर जाने कुरालाई जिल्ला नेतृत्वले अवज्ञा गरिरह्यो फलतः यो अराजकताको बिच जिल्ला अधिवेशन स्थगित गर्न पार्टीको प्रदेश नेतृत्व बाध्य भयो ।

प्रतिनिधिको विवाद रहेको भित्रि कुरा भएपनि सतहमा भने अध्यक्ष मण्डलको अध्यक्षताको बिरोध निकालिएको एमाले धादिङ स्रोतले बतायो । प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्ति निकालेर बन्दसत्र स्थगित भने पनि केही बेर अघि मात्रै बन्दसत्र सुरु भएको उपसचिव सापकोटाले जानकारी दिइन् । तर बन्दसत्रमा त्रिपाठीका पक्षधर मात्रै सहभागी छन् । केन्द्र र प्रदेशले स्थगित गरेको अधिवेशनको बन्दसत्र सूचारु भयाे भन्नुको अर्थ नरहेको अधिकारी पक्षका नेता नेत्रप्रसाद नेपालले बताए ।

प्रतिनिधि मनोनयनदेखि सबै प्रक्रियामा अध्यक्ष त्रिपाठीले पार्टी विधान विपरीत एकलौटी गरेको आरोप छ ।

बन्दसत्रमा जिल्ला इन्चार्ज देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज जानुका सिंखडा, रेशम लामा, प्रदेश सदस्य ध्रुव विश्वकर्मा र धनबहादुर घले सदस्य रहेका अध्यक्ष मण्डल गठन गरिएको छ । सोही अध्यक्ष मण्डलले बन्दसत्र अघि बढाएका जनाइएको छ । अधिवेशनले ५ पदाधिकारी र एक सय जना जिल्ला सदस्य चयन गर्नेछ ।


प्रतिक्रिया

One thought on “एमाले धादिङको अधिवेशनमा कुटपिटको अवस्था कसरी आयो ? यस्तो छ कारण

  1. पार्टीको अध्यक्षमण्डलमा विवाद ,मनोनीत र जनसंगठनबाट प्रतिनिधित्व गराउने क्रममा व्यापक हेराफेरि,कार्वाहीमा परेकालाई वागी बिद्रोहीलाई प्रतिनिधित्व गराउने र तिनको कुकर्मलाई वैधता दिने ,हरेकलाई प्रतिनिधिको कार्ड र झोला दिएर राख्ने काम पार्टीको जिल्ला नेतृत्व र पार्टी केन्द्रीय इन्चार्ज धर्मदत्त देवकोटाले गरेपछि त्यो धाँधली अराजकता विरुद्ध आवाज उठ्यो वादविवाद भयो पार्टीको प्रदेश इन्चार्ज ,प्रदेश अध्यक्षले विधानत गर्न पर्ने काममा उहाँहरूलाई नै अपमानित गर्ने काम इन्चार्ज धर्मदत्त देवकोटाले गरिरहे सहमति गरेर जाने कुरालाई जिल्ला नेतृत्वले अवज्ञा गरिरह्यो फलत यो अराजकताको बिच जिल्ला अधिवेशन स्थगित गर्न पार्टीको प्रदेश नेतृत्व बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर