भरतपुरमा ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ हुने
काठमाडौं। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा माघ २१ गतेदेखि २३ गतेसम्म ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ हुने भएको छ ।
भरतपुर महानगरपालिकासँगको सहकार्यमा भरतपुरको रामपुरमा रहेको निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा ट्रेनिङ्गको आयोजना हुन लागेको हो ।
नेपालका अन्र्तराष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकले दिने प्रशिक्षणमा करिब ४० जना प्रशिक्षार्थीको सहभागीता रहने जिल्ला क्रिकेट संघले जनाएको छ ।
तालिमबाट उत्पादित क्रिकेट प्राविधिक (अम्पायर तथा स्कोरर) हरुले चितवन जिल्लासँगै छिमेकी जिल्लाहरुको समेत क्रिकेट क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको संघका अध्यक्ष सुदिप पियाले बताए ।
विगतमा बाहिरी जिल्लाबाट क्रिकेट प्राविधिक बोलाएर प्रतियोगिता संचालन गर्नुपर्दा खर्च बढी हुने भएकाले स्थानियस्तरमा जनशक्ती उत्पादन गर्न जिल्लामा नै पहिलोपटक तालिमको आयोजना गर्न लागिएको उनले बताए ।
पछिल्लो समय चितवन जिल्लामा क्रिकेटका प्रतियोगिताहरुको संख्या बाक्लिदै गएका छन् ।
माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुदैछ