चेतना संरक्षण प्रतिष्ठानद्वारा यस वर्षकाे पुरस्कार तथा सम्मान घोषणा, वार्षिकोत्सवमा दिइने – Nepal Press

चेतना संरक्षण प्रतिष्ठानद्वारा यस वर्षकाे पुरस्कार तथा सम्मान घोषणा, वार्षिकोत्सवमा दिइने

काठमाडौं । चेतना संरक्षण प्रतिष्ठानले यस वर्षकाे विभिन्न पुरस्कार र सम्मानको घोषणा गरेको छ ।

माघ २७ गते प्रतिष्ठानको वार्षिक उत्सवका दिन राष्ट्रका विभिन्न क्षेत्रमा बसेर आ-आफ्ना विधामा अविराम साधनारत् पाँचजना व्यक्तिलाई प्रतिष्ठानको माघ १७ गते बसेको बैठकबाट विभिन्न पुरस्कार/सम्मान समर्पण गर्ने निर्णय गरेको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिएकी छन् ।

जसमा धर्मानन्द-रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार एवम् सम्मान काठमाडौंका साहित्यकार प्रा.डा. दयाराम श्रेष्ठ, बालकिशन/नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म-संस्कृति चेतना पुरस्कारसहित सम्मान संखुवासभाका संस्कृतिविद् ताराबहादुर बुढाथोकी, ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कारसहित सम्मान धनगढीकी समाजसेवी कल्पना भट्टलाई दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै, नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार सुनसरीका पत्रकार शशी बजगाईं, केदारनाथ÷मन्जु सत्याल बालप्रतिभा चेतना पुरस्कार भक्तपुरका बालप्रतिभा आयुष के.सी., डा.नरेन्द्र/योगमाया/भवानीशङ्कर चापागाईं युवा प्रतिभा पुरस्कार मोरङका ललित राजवंशी र भूपेन्द्र/शोभा रिजाल ललितकला चेतना पुरस्कार गणेश रसिकलाई प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । ।

प्रतिष्ठानले मोफसलमा एउटै संस्थाले ४ लाख राशी पुरस्कारका रूपमा प्रदान गरी आ-आफ्नो क्षेत्रबाट राष्ट्रको विकासमा समर्पित रहेका प्रतिभाहरुलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घोषित सबै पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सव माघ २७ प्रदान गरिनेछ ।

२०६१ सालमा स्थापना भएकाे प्रतिष्ठानले हरेक वर्ष पुरस्कार एवम् सम्मान वितरण गर्दै आएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *