यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो (तस्बिरहरु)
२०८० माघ २२ गते ११:०३
काठमाडौं । यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।
देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो । जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो ।
सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर