नेताहरुले प्रहरी आफ्नै अधिनमा हुनुपर्छ भन्नु गलत : केपी ओली (भिडिओ) – Nepal Press

नेताहरुले प्रहरी आफ्नै अधिनमा हुनुपर्छ भन्नु गलत : केपी ओली (भिडिओ)

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी समायोजनको विषयमा असहमति जनाएका छन् ।

सर्लाहीको कार्यक्रममा जाने क्रममा जनकपुरधाम एयरपोर्ट आइपुगेका उनले प्रहरी समायोजनको विषयमा घुमाउरो ढंगले असहमति जनाएका हुन् ।

उनले भने, ‘नेताहरुले प्रहरी आफ्नै अधिनमा हुनुपर्छ भन्नु गलत हो ।’

सातै प्रदेशले दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै प्रहरी समायोजन गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली मधेशमै आएर आपत्ति जनाएका छन् ‌।

आफ्नो प्रहरी कर्मचारी नहुँदा काम गर्न अप्ठेरो भयो भन्ने मुख्यमन्त्रीहरुको गुनासो छ नि भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘प्रदेशमा प्रहरी र कर्मचारी छैन र ?

‘मैले आफ्नै मान्छे प्रहरी र कर्मचारीमा कोच्न पाउँ भन्नु गलत हो’, ओलीले थपे, ‘प्रहरी नेता र मन्त्रीको अधिनमा भन्दा पनि स्वतन्त्र रहनुपर्छ ।’

उनले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताभन्दा पनि नयाँ पार्टी खोल्ने तयारी थालेको बताए । उनले शान्ति सम्झौतासँग जोडिएका ऐनहरुमा आपराधिक घटनाका दोषीहरुलाई उन्मुक्ति दिने कुनै पनि बुँदा पास हुन नदिने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर