मिडियामा आएजस्ताे म फरार भएको छैन: कार्की (भिडिओ)
नेपाल प्रेस
२०८० माघ २२ गते १७:५०
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू मिडियामा आए जस्ताे फरार नभएको बताएका छन् ।
टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरु केही नबोल्ने तर स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए ।
सो प्रकरणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।
प्रतिक्रिया
One thought on “मिडियामा आएजस्ताे म फरार भएको छैन: कार्की (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
खाए छन कि के हो