फागुन १८ मा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान
नेपाल प्रेस
२०८० माघ २२ गते १९:३५
रुपन्देही । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरिएको छ ।
लुम्बिनीको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर