माइत गएकी महिला एक सातादेखि बेपत्ता – Nepal Press

माइत गएकी महिला एक सातादेखि बेपत्ता

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की एक महिला विगत एक सातादेखि सम्पर्कविहीन भएकी छन् ।

२८ वर्षीय सालिया खातुन गत माघ १४ देखि सम्पर्कबिहीन रहेको उनका पति सलमान सिद्दिकीले बताए ।

सलमानले भने, ‘मेरो श्रीमती माघ १४ गते दिउँसो १२ बजे सिद्धार्थनगर नगरपालिका–६ स्थित माइती पुगेकी थिइन् । माइती पुगेको केही समयपछि आफूसँग रहेको झोला छोडेर उनी सम्पर्कविहीन भएकी हुन् ।’

सालिया कुर्ता सलवार लगाएर घरबाट निस्किएको उनले जानकारी दिए । उनको खोजीका लागि परिवारले अपील गरेका छन् ।

सालियालाई भेटाउनुहुने जोकोहीले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८२१३५४५५० मा सम्पर्क गर्न सलमानले आग्रह गरे ।

यो दम्पत्तिले सिद्धार्थनगर नगरपालिका–३ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) नजिकै बिरयानी पसल सञ्चालन गर्दै आएका थिए ।

श्रीमान सलमानले श्रीमती हराएको प्रहरीमा निवेदनसमेत दिएका छन् । तर प्रहरीले केही पत्तो नलागेको जनाएको छ ।

मोबाइल घरमै छाडेर गएकाले उनीसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *