बाराबाट नक्कली नेपाली नोटसहित १ जना पक्राउ
नेपाल प्रेस
२०८० माघ २४ गते ११:२०
काठमाडौं। बाराबाट नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन्।
जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर