एमालेको आरोप- सरकार भ्रष्टाचारीलाई जोगाएर स्टन्टबाजीमा लागिरहेको छ (भिडिओ)
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार स्टन्टबाजीमा लागेको टिप्पणी गरे ।
उनले भने- सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्नमा लागेको छ । एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन ।
पार्टीको अभियानमा जनताको सरकार भएको अनुभूति गर्न नपाएको भन्दै थुप्रै गुनासो राखेको सुनाए। यो सरकारप्रति जनताले आशा राख्ने ठाउँ कहीँ नभएको उनको भनाइ छ।