व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त – Nepal Press

व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन् ।

मङ्गलवार काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । सोही अनुसार उनीहरू बुधवार हिरासतमुक्त भएको सीआईबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको २५ दिनभित्र अभियोग पत्र दर्ता हुने कानूनी व्यवस्था छ । तर, अदालतले २ दिनमा नै अनुसन्धान सक्न आदेश दिएपछि प्रहरी असन्तुष्ट देखिन्छ ।

सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले त्यसलाई अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने कानुनी व्यवस्था छ ।

बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजी बनाएको आरोपपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *