चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले हरेक २÷२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो १२, १३ र १४ वैशाखमा आयोजना गर्न लागेको जनाएको हो । एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, सिमेन्ट, डन्डी लगायतका दुईसय बढि स्टल रहने आयोजकले जनाएको छ ।
त्यस्तै जलविद्युत्, सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलहरुसमेत आयोजना गरिने इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १३ हजार मेगावाट विद्युत् आन्तरिक रुपमा खपत गर्ने योजनामा निजी क्षेत्रले साथ दिने अध्यक्ष कार्कीले बताउनुभयो । यसका लागि राज्यले निजी क्षेत्रलाइ संगसंगै लिएर जानुपर्ने उनले बताए ।
चीन भारत क्यानडा लगाएका कम्पनीहरुको समेत सहभागीता रहने एक्स्पोको ५० हजार बढिले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।