लाइसेन्स परीक्षामा फेल भएकालाई पास गराएको मुद्दामा यातायातका प्रमुखसहित १९ जनाले पाए सफाइ
नेपाल प्रेस
२०८० माघ २४ गते १९:१४
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षामा फेल भएकालाई पास गराएको आरोप लागेका यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुख पवन सुवेदीसहित १९ जना कर्मचारी र प्रहरीले सफाइ पाएका छन् ।
विशेष अदालतले बुधबार उनीहरु निर्दोष रहेको ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ चैत २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले परीक्षाको नतिजा फेरबदल गरी भ्रष्टाचार गरेको आरोप लागेका सबै १९ जनाले सफाइ पाउने फैसला सुनाएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर