नापी सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुससहित पक्राउ – Nepal Press

नापी सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

कार्यालय सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई अख्तियारको टोलीले १ लाख घुससहित पक्राउ गरेको हो ।

टंगालबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

उनीहरूले जग्गा हाल साबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर