क्यानडाविरुद्ध नेपालको छैटौं विकेट पतन, आरिफ ३८ रन बनाएर आउट
नेपाल प्रेस
२०८० माघ २५ गते १२:१२
काठमाडौं । क्यानडाविरुद्ध नेपालको छैटौं विकेट गुमेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८ ओेभर ५ बलमा छैटौं विकेट गुमाएको हो । छैटौं विकेटको रुपमा नेपालका आरिफ शेख ३८ रनमा आउट भए ।
नेपालले ३९ ओभर ३ बलमा ६ विकेट गुमाउँदै १७४ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थिए । आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रनको योगदान दिए ।
पवन सराफ १० र सोमपाल कामी १ रन बनाएर क्रिजमा छन् । क्यानडाका साद बिन जफर र उदय भगवानले २–२ र इश्वरजित सोहि र हर्ष ठाकरले १–१ विकेट लिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर