रोमानियाका नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्तीको टोली जाँदै – Nepal Press

रोमानियाका नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्तीको टोली जाँदै

काठमाडौं । सरकारले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ । जर्मनीको लागि नेपाली राजदूतावासले डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न घुम्ती टोली रोमानिया पुग्ने सूचनामार्फत जानकारी दिएको छ ।

राजदूतावासले बुधबार जारी गरेको सूचनामा आफ्नो विवरण भर्न र नवीकरण गर्न रोमानियामा रहेका नेपालीलाई भनिएको छ ।

रोमानियामा नेपालको राजदूतावास छैन । राजदूतावास नभएका कारण नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्न जर्मनी पुग्नुपर्ने हुन्छ । अब यो समस्या समाधान गर्न नेपाल सरकारले घुम्ती राहदानी सेवा सुरु गर्ने भएको छ ।

 


प्रतिक्रिया

One thought on “रोमानियाका नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्तीको टोली जाँदै

  1. Renewal गर्नलाई 120euro लाग्छ रे के यो शुल्क पहिला को जस्तै महँगो भयन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *