त्रिवि क्रिकेट मैदानमा नेपालको १२ खेलको एकदिवसीय जित यात्रा टुंगिने सम्भावना, क्यानडा जित नजिक
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा नेपाल हार नजिक देखिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाले ३५ ओभरमा ४ विकेट गुमाएर एक सय ८५ रन जोडेको छ । क्यानडालाई अब १५ ओभरमा ४० रन आवश्यक छ । निकोलस कीर्तन ६२ रनमा खेल्दैछन् ।
पर्गत सिंहले ५० रन बनाएका थिए । निकोलास किर्तोनसँग ७९ रनको साझेदारी गरेका थिए। नेपालले त्रिवि क्रिकेट मैदानमा १२ खेलयता एकदिवसीय अन्तर्राष्ट्रिय खेल हारेको छैन। सन् २०२२ को नोभेम्बर १४ तारिखमा नेपाल यूएईसँग पराजित भएयता कीर्तिपुर मैदानमा भएका सबै १२ खेल जितेको छ ।
यूएईसँगको तीन खेलको शृंखला नेपालले पहिलो खेल हारेर पनि लगातार दुई खेल जित्दै हात पारेको थियो ।
त्यसपछि विश्वकप लिग–२ अन्तर्गतका दुईवटा त्रिकोणात्मक शृंखलाअन्तर्गत खेलेका ८ खेल जितेको थियो भने एसिसी प्रिमियर कपका दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि विजय प्राप्त गर्दै उपाधि नै जितेको थियो ।