टीकापुरको सरकारी जग्गा प्लटिङ गरेर व्यक्तिलाई बाँड्नेहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर – Nepal Press

टीकापुरको सरकारी जग्गा प्लटिङ गरेर व्यक्तिलाई बाँड्नेहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित सरकारी जग्गामा प्लटिङ गरी आफन्तलगायतको नाममा पास गरेको अभियोगमा टीकापुर विकास समितिका पदाधिकारीसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहितलाई विपक्षी बनाइ बिहीबार मुद्दा दायर भएको हो ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशीलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई नगर विकास समितिका प्लट घडेरी किनबेच र हस्तान्तरण गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।

अख्तियारले उक्त कार्य गर्ने तत्कालीन पदाधिकारी,कर्मचारी र पहिलो तहमा समितिको जग्गा आफ्नो नाममा कायम गर्ने गराउने जग्गाधनी तथा सो जग्गा तहगत बिक्री हुँदै हालक कायम जग्गाधनीहरुका विरुद्धमा समेत बिगोसहितको सजाय मागदवीसहित विशेषमा मुद्दा दर्ता गरेको हो ।

टीकापुर नगर विकास समितिका तत्कालीन तीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसहित दर्जनौंलाई प्रतिवादी बनाइएको छ । जोशी अध्यक्ष रहँदा गठित उपसमितिका संयोजक गणेशसिंह रावल, खडकबहादुर शाह, बमबहादुर बम, श्याम खत्री, देवेन्द्रबहादुर कुँवर र पदमराज न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ ।

यस्तै ताम्राकार अध्यक्ष रहँदा गठित उपसमितिका संयोजक प्रेमसिंह विक, श्याम खत्री, भरत स्वाँर, बेदराज ढुंगाना, दयाराम सन्ज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र तारा सन्ज्याललाई पनि प्रतिवादी बनाइएको छ ।

टीकापुर विकास समितिका तत्कालीन योजना प्रमुख बलबहादुर कडायत, झप्परसिंह विश्वकर्मा, तत्कालीन सदस्यसचिव अम्बादत्त जोशी, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतहरु मानबहादुर चन्द, गणेशबहादुर बम, मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, टीकापुर नगर विकास समितिका खरिदार धनीराम भण्डारी, सबओभरसियर नेत्रबहादुर रावल र तत्कालीन फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलाई प्रतिवादी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर