इटहरी उपमहानगरमा नयाँ शैक्षिक सत्रदेखि एउटै विद्यालय पोशाक, टाइको सट्टा कालो भादगाउँले टोपी
नेपाल प्रेस
२०८० माघ २५ गते १९:०३
विराटनगर । इटहरी उपमहानगरपालिकाले नगरभित्रका विद्यालयमा एउटै पोशाकको व्यवस्था गर्ने भएको छ ।
निजी र सामुदायिक विद्यालयका विद्यार्थीबीचको विभेद हटाउन भन्दै इटहरी उपमहानगरले नयाँ शैक्षिक सत्रदेखि एउटै पोशाक लागू गर्ने निर्णय गरेको हो ।
इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन् । ती विद्यालयमा ६३ हजार ५२६ विद्यार्थी अध्ययनरत छन् ।
इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले विद्यालयमा टाइ हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरिएको बताए ।
उनले भने, ‘निजी स्कुलहरूले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन् । त्यो रोक्ने हाम्रो अभियान पनि हो ।’
प्रतिक्रिया
सम्बन्धित खवर