बागमती प्रदेशसभा बैठक बोलाउन एमालेको माग – Nepal Press

बागमती प्रदेशसभा बैठक बोलाउन एमालेको माग

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । चार बहिनाबाट स्थगित रहेको बैठक नबोलाउँदा प्रदेशको जनसरोकारको विषय उठान नभएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले बैठक बोलाउन माग गरेको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गरि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल प्रदेशसभा बैठक बोलाएर संसदीय समितिमा रिक्त पदाधिकारी चयनको माग गरेका हुन् ।

गत असोज २२ गते दुईवटा विधेयक पास गरेपछि स्थगित भएको प्रदेश सभाको बैठक चार महिना पूरा भइसक्दा पनि बस्न नसकेपछि एमालेले पत्रकार सम्मेलन गरेर बैठक आह्वानको अनुरोध सरकारलाई गर्नुपरेको नेता थपलियाले बताए । हिउँद सकिन लाग्यो तर प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वानको निणर्य गर्न किन चाहने भन्दै उनले प्रश्न समेत गरे ।

प्रदेशसभाले पहिलो कार्याकालमा ४३ वटा मूल ऐन बनाएको तर दोश्रो कार्यकालको प्रदेशसभाको अहिलेको उदेकलाग्दो अवस्था देख्दा पहिलो कार्यकाल भन्दा एक तिहाई पनि काम नहुने अवस्था आएको भन्दै सरकारले जनसरोकारको विषयको गहन छलफल हुने प्रदेशसभालाई बेकाम बनाउन खोजेको उनको आरोप थियो ।

प्रदेशसभाले हालसम्म ४६ वटा ऐन मात्र बनाउन सकेको र अझैपनि सयौँ ऐनहरु बनाउन बाँकी रहेको अवस्थामा सरकारले सदन बोलाउन चासो नदेखाउनु संघियता कार्यन्वयनको लागि सरकार उदाशिन रहेको देखिएको उनको भनाई रहेको छ ।

उनले भने, ‘वर्षे अधिवेशन अन्त्य गरेर निदाएको सरकारलाई अनौपचारिक र औपचारिक रुपमा पटक पटक अनुरोध गर्दा पनि अधिवेशन नबोलाउने र विपक्षी दलका कारण अधिवेशन बोलाउन नपाएको गलत प्रचार गर्ने, काम गरेको छ, सरकारले छरेको भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्दछौँ । चालू आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुनलाग्दा पनि हालसम्म ९ प्रतिशत भन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन , यो सरकारको लज्जास्पद अवस्था हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर