हिमालयन रिइन्स्योरेन्सले घोषणा गर्यो बोनस
नेपाल प्रेस
२०८० माघ २६ गते १३:४१
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ ।
हिमालयन रिइन्सुरेन्सले सेयर धनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ ।
त्यस्तै, लाभांश बीमा प्राधिकरण र आगामी साधारण सभाबाट पास भएपछि लगानी कर्ताले पाउने छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर