कांग्रेस महामन्त्री गगन थापा भन्छन्- सार्वजनिक जग्गा लुट्ने जोसुकै भीआईपी भए पनि कारबाही गर्नुपर्छ (भिडिओ) – Nepal Press

कांग्रेस महामन्त्री गगन थापा भन्छन्- सार्वजनिक जग्गा लुट्ने जोसुकै भीआईपी भए पनि कारबाही गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासन मान्ने कांग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने बताएका छन् । काठमाडौंको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी र ठग भीआईपी नहुने टिप्पणी गरे ।

उनले भने, ‘भ्रष्टाचारको सन्दर्भमा कांग्रेसले मन्त्र बनाउनैपर्छ- दोषी जोसुकै भए पनि उम्कन हुन्न, निर्दोष पर्न हुन्न । कानून सबैका लागि बराबर हो । एउटा सर्वसाधारणले देशको सार्वजनिक सम्पत्ति, जग्गाजमिन लुटेर लियो भने उसलाई दण्ड हुन्छ । सहकारीमा ठग्यो भने पनि दण्ड हुन्छ । कार्यालयका सामान्य कर्मचारी सुब्बाले राज्यको ढुकुटीमाथि दोहन गर्‍यो भने उसलाई दण्ड हुन्छ । कांग्रेसले समात्ने मन्त्र यही हो । भ्रष्टाचारी, ठग, अराजक भीआईपी हुँदैन । सबै बराबरी हुन्छ । जतिसुकै शक्तिशाली होस् ।’

कांग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाले बताए । उनले संघदेखि स्थानीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर