ईपीएस कोरियाको भाषा परीक्षाको कार्यतालिका केहि दिन ढिलो सार्वजनिक हुने – Nepal Press

ईपीएस कोरियाको भाषा परीक्षाको कार्यतालिका केहि दिन ढिलो सार्वजनिक हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्य तालिका सूचना ढिलो प्रकाशन हुने भएको छ ।

‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्य तालिका सूचना २–३ दिन ढिला सार्वजनिक हुने ईपीएस कोरिया शाखाले जनाएको हो ।

यसअघि जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षाको कार्य तालिका सारेर फेब्रुअरी ६ मा सूचना प्रकाशन भएर हुने बताइएको थियो । तर, अहिले तीन दिन बितिसक्दा पनि सूचना प्रकाशित भएको छैन ।

ईपीएस कोरिया शाखाले विद्यार्थी संख्या अत्यधिक भएकोले रुजु गर्नुपर्ने कामले गर्दा भाषा परीक्षाको कार्य तालिका २–३ दिन भित्रै प्रकाशित हुने बताएको छ ।

कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

कोरिया भाषाको परीक्षामा हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो । तर, उक्त मितिलाई सार्दै फेब्रुअरी ६ मा सूचना जारी हुने वैदेशिक रोजगार विभागले जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर